सरकार जनजिविकाको सवालमा चुकेकाले देशब्यापी खबरदारी सभा : माओवादी
समाज खबर संवाददाता |
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेल खेलिरहेको आरोप लगाएको छ ।सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले देशमा असाधारण परिस्थिति बन्दै गरेको अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्नेमा पार्टी फुटाउने चर्चा चलिरहेको बताए । उनले भने, ‘सरकारले अहिले जजसले यो देशमा राम्रो काम गरिरहेका छन् । ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ । देशमा असाधारण परिस्थिति बन्दैछ, यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’
उनले लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको कारण माओवादीले देशव्यापी खबरदारी सभा गर्ने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘राष्ट्रियताको सवाल पेचिलो र जटिल बनेको छ । लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको छ, त्यसैले हामीले देशव्यापी खबरदारी सभा गर्ने तयारी गरेका छौँ ।’उनले ठूला दुई दललले संविधान संशोधनको कुरा गरेर सत्तामा गएको भन्दै संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक बनाई विज्ञहरुलाई मन्त्री बनाउनुपर्छ भन्ने जनमत बनाउन जुट्न्पर्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस