आज : Thursday, November 14, 2024 | २०८१ कार्तिक २९ बिहीबार

मनाङ्गेलाई अदालत लगियो,आजै कारागार पठाइने 

समाज खबर संवाददाता |

काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङलाई पक्राउ गरे लगत्तै अदालत उपस्थित गराइएको छ । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको थियो ।
 प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको हो । ज्यान मार्ने उद्योगको कसुरमा मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो ।

यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाइदिएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बने भने पटक–पटक मन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस