आज : Friday, September 20, 2024 | २०८१ असोज ४ शुक्रबार

नौ बर्षपछि सर्वसाधाराणका लागि धरहरा खुल्ला,प्रबेश निशुल्क

समाज खबर संवाददाता |


काठमाडौं । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमाढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधानदिवसको दिनबिहीबार सर्वसाधारणका लागिखुलागरिएको हो । 
संविधानदिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन ।  धरहराको ९८ प्रतिशत संरचनानिर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । 
परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूकालागि धरहरा खुला गरिएको थियो ।  धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीकै पालामा थालिएको हो ।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशतमात्रै पूरा भएको थियो । 
सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने ब्यवस्था गरेको  छ। रंगरोगन र श्रृगारका केही काम बाँकी रहे पनि यसले खास समस्या नपर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस