आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

‘मिस्टर काठमाडौं’ विजेता राईको हृदयघातबाट निधन

समाज खबर संवाददाता |

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । पाँचौं ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधबार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।उनको उपचारको क्रममा निधन भएको मिस्टर काठमाडौं आयोजक काठमाडौं जिल्ला बडि बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए । राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस