आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

आज संविधान दिवस, कतिपय कानुन अलपत्र, नागरिकमा चरम निराशा

समाज खबर संवाददाता |

काठमाडौं । आज असोज ३ । संघीय लोकतान्त्रिक संविधान जारी भएको दिन । यो संविधान जारी भएको आज ९ बर्ष  भएको छ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएपनि नागरिकतमा चरम निराशा छ  । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुँदैछन् ।संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् । सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको  ९  वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ रहेका थिए ।सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । संविधान जारी भएको ९  बर्षमा पनि महत्वपूर्ण कानुन बन्न सकेका छैनन् ।संविधान संशोधनको बिषय सहित प्रमुख दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएपनि के के बिषयमा संबिधान संशोधन गर्ने भन्ने बिषय अझै प्रष्ट छैन ।   मधेशमा असन्तुष्टि कायमै छ । बेरोजगारी कहाली लाग्दो छ , जनतामा चरम निराशा छ ।

प्रतिकृया दिनुहोस