आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

समाज खबर संवाददाता |


काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवाविस्तार भएको छ । 
स्वास्थ्यतथा जनसंंख्यामन्त्री प्रदीपपौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनीमन्त्रीभएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । 
सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवाविस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवादुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो । भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशीप्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमप्रदेशको धनगढीस्थित सेतीप्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथाउपचार सेवाउपलब्ध गराउने गरी सम्झौताभएको छ । 
मन्त्रीपौडेलले गत साउन २७गते सार्वजनिक गरेको आफ्नो योजनातथा प्राथमिकतामा समेत क्यान्सर उपचार सेवाविस्तार गर्ने उल्लेख गरेका थिए । 
आफूले गरेको पहिलो घोषणा पूर्णरुपमा कार्यान्वयनमा आएको जानकारी दिंदै मन्त्रीपौडेलले अबको चरणमा मानव अंगप्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताएका छन् । मन्त्रीपौडेलले भने, ‘क्यान्सरसँगै मानव अंगप्रत्याारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीतिलिएका छौं । ’
संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्रीपौडेलको सचिवालयले जनाएको छ । अब सेवाविस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्ति समेत पठाएर विस्तारित अस्पताल मार्फत सेवादिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ । यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस