आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

नेपालको प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैन : प्रधानमन्त्री

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भागलिने क्रममाआफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनैपनिकामनगर्ने स्पष्ट गरेका छन ।
महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालनागर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाएकाहुन् । 
उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए  ।
‘विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरु जे छन् र हाम्रो प्रयासमा अपुुगभएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसंघमा राखिनेछ’, प्रधानमन्त्रीओलीले भने, ‘नेपालअसल छिमेकी सम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकीहोइन । हामीपनि छिमेकीप्रतित्यस्तै व्यवहार गर्छाैँ । छैन कसै सँगशत्रुुता, छ सबैसँग मित्रताभन्ने हाम्रो सोच हुनेछ ।’
प्रधानमन्त्री ओलीले आफूहरुले देश र जनताको लागि राजनीतिक गर्ने तथाआजकालागि र त्यो भन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे । 
ओलीले महासभामा ‘फ्युचर समिट’ मा सम्बोधन गरी मानवजाति र धर्तीको सुरक्षा, हिमाल र समुुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमालपग्लिएर समुद्रको सतह वृद्धि भएको बताए । 
उनले अमेरिकामा रहँदान्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय  र बोष्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरुले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट गरे ।

प्रतिकृया दिनुहोस