आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

समाज खबर संवाददाता |


काठमाडौं। आईसीसी विश्वकपक्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।
ग्त फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । 
नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुने खेल क्यानडाको ओन्टारियोमा खेलाइनेछ । क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलितअर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ।  भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेश विरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्चमनोबल सहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हातपार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ। क्यानडामा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ । 
घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ।  तेस्रो खेलमाअसोज ६ गते क्यानडाको सामनागर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ।  ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन् । 
 

प्रतिकृया दिनुहोस