आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

समाज खबर संवाददाता |

काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 
उनले भने, ‘जम्मा दुईवटा निर्णय गरेका छौं, जसमा निर्वाचन आयोगको  सिफारिसमा स्थानिय तहको  रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडा अध्यक्षसम्मको पद खाली भएको  छ , त्यो  खाली भएको  ठाउँमा २०८१ साल मंसिर १६ गते  आइतबारको  दिन निर्वाचन गर्ने निर्णय गरेका छौं , संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र  ३१ गते राति १२ बजे देखि अन्त्य गर्न सम्मानिय राष्ट्रपति समक्ष सिफारिस गर्ने  निर्णय गरेका छौं । ’
साथै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने जनाएको छ । निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । 

प्रतिकृया दिनुहोस