आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

उपसभामुख हटाउने कुराबाट काँग्रेस– एमाले ब्याक हुन्छन् : प्रचण्ड

समाज खबर संवाददाता |

विराटनगर। पूर्व प्रधानमन्त्री एवं नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन् । 
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्लीरुपमा केहीत्रुटी गरेको भन्दै त्यसकोलागि पदबाट हटाउने सम्म जान नपर्ने बताए । 
उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजातिमहिला, बालबच्चाको लागि ख्याति प्राप्तभएको व्यक्तिहुन् तर टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 
उनले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नामसिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्यभएको बताए। 
उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नामआएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’
उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने पनि बताए । 

प्रतिकृया दिनुहोस