आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

समाज खबर संवाददाता |


काठमाडौँ । हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशका पहाडी भूभागलगायत कर्णालीतथा सुदूरपश्चिमप्रदेशमा साधरणतया बदली रहीबाँकी क्षेत्रमा आंशिकबदली रहेको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकाथोरै स्थान माहल्का देखि मध्यम वर्षा भइरहेको छ । 
आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतःबदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ।
सुदूरपश्चिम प्रदेशका धेरै तथाबाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतयाबदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकीप्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
 

प्रतिकृया दिनुहोस