आज : Thursday, September 19, 2024 | २०८१ असोज ३ बिहीबार

‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखको रुलिङ, माओवादीको आपत्ति,बैठक स्थगित 

समाज खबर संवाददाता |

काठमाण्डौं ।  हिंसा भन्ने शब्द असंसदीय नभएको सभामुख देवराज घिमिरेको रुलिङप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । आजको बैठकमा सचिवालयबाट प्राप्त निष्कर्ष भन्दै सभामुख घिमिरेले हिंसा भन्ने शब्द असंसदीय नभएकोले रेडर्डबाट नहटाउने जानकारी गराएका थिए । सभामुख घिभिरेले जानकारी गराए लगत्तै माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाँउदै संविधानमै जनयुद्ध स्थापित भन्ने शब्द स्थापित भैसकेको दाबी गरेका थिए । माओवादी केन्द्र र एमालेका सांसदहरुको आरोप प्रत्यारोपबीच प्रतिनिधि सभा बैठक चल्न सहज नभएपछि सभामुखले आगामी आइतवार सम्म्का लागि बैठक स्थगित गरे । केहि दिन अघि प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्धन्द्धको बिषयमा बोल्दा हिंसा भन्ने शब्द प्रयोग गरेका थिए । 

प्रतिकृया दिनुहोस