आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

भारतमा चर्कियो आरक्षण मुद्धा, आज भारत बन्द आब्हान 

समाज खबर संवाददाता |

 

नयाँ दिल्ली ।  संविधान संशोधन माग गर्दै भारतका दलित र जनजाति सङ्गठनहरूले आज भारत बन्द आह्वान गरेका छन् ।बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरूले पनि समर्थन गरेका छन् ।बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् ।बन्द लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ ।मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई सतर्क अबस्थामा राखेको छ । मध्यप्रदेश सरकारले नै जिल्लाहरुमा सबै प्रकारका शिक्षण संस्था बन्द गर्न भनेको छ ।यसअघि सन् २०१८ को अप्रिल २ मा दलित सङ्गठनहरूले आह्वान गरेको भारत बन्दको क्रममा ठाउँठाउँमा हिंसा भएको थियो । मध्यप्रदेशमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस