आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिनू’

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशनदिएको छ । 
विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालयशान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो ।
‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुनआएकाले अनधिकृत व्यक्तिवा समूहहरूलाई विद्यालय परिसर भित्रप्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापनकार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छु’महानगरले एक सूचना मार्फत भनेको छ ।
इदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बललाई सम्पर्क गर्न समेत महानगरले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस