आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

पेट्रोलियम पदार्थको मूल्य चार रुपियाँ  बढ्यो 

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य चार रुपैयाँले  बढाएको छ । निगमले सोमबार बिहान देखि लागु हुने गरी पेट्रोलको बढाएको हो ।

इण्डियन आयल  कर्पोरेशनबाट  ४।७६ रुपैयाँले बढेर आएपछि  नेपाल आयल निगमले पनि मृल्य बढाएको निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु। ०।३९, हवाई इन्धनमा रु। ०।३८ र एल।पी। ग्यासमा प्रतिसिलिण्डर रु।२७।४४ ले घटेर आएको छ ।
पहिलो वर्गअन्तर्गत चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२।५० रुपैयाँ पुगेको छ । 
यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस