आज : Sunday, April 14, 2024 | २०८१ बैशाख २ आइतबार

आइसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा

समाज खबर संवाददाता |

 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।  नेपाली क्रिकेटबारे बुझ्न बार्क सोमबार नेपाल आएका हुन् । चार दिने भ्रमणका क्रममा अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने कार्यतालिका छ । 
उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गने छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको छ । 
पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्कको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन् ।
अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका थिए । 
बार्क सन् २०२२ मा आइसीसीको नेतृत्वमा आएका हुन् । न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्कले आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए ।
व्यवसायिक पृष्ठभूमीका बार्कले आइसीसीमार्फत सदस्य राष्ट्रहरुको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस