रेशम चौधरीले श्रीमतिलाई हटाएर बुबालाई बनाए अध्यक्ष
समाज खबर संवाददाता |

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाएको छ । बिहीबार बसेको पार्टीका संरक्षक रेशम चौधरी पक्षका नेताहरुको भेलाले लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
लालबीर रेशमका पिता हुन् । बुधबार रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाइएको थियो । पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएपछि रञ्जिताले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी थिइन् । तर रेशम पक्षले त्यसलाई विधि विपरीत भएको बताएको थियो ।
प्रतिकृया दिनुहोस