सिन्धुलीबाट हराएका हायु परिवारका सदस्य पोखरामा भेटियो ( बिज्ञप्ति सहित)
समाज खबर संवाददाता |

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवार पोखरामा भेटिएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर–३०, गगनगौँडामा उनीहरु फेला परेका जिल्ला प्रहरी कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् । हायू परिवारका १६ जना सम्पर्कविहीन भएपछि उनीहरुको खोजी सुरु गरिएको थियो ।
प्रहरीका अनुसार उर्मिलासहित २७ वर्षीया कमला हायू (छोरी), २३ वर्षीया कोमल माया हायू (बुहारी), २२ वर्षीया उषा हायू (छोरी), १९ वर्षीया सुजता हायू (छोरी), १८ वर्षीया अस्मिता हायू (छोरी) १२ वर्षीया बालिका शान्ता हायू (छोरी) सम्पर्कविहीन छन् । यस्तै, २९ वर्षीय राजु हायू (छोरा), २४ वर्षीय हिमाल हायू (छोरा), १६ वर्षीय लालबहादुर हायू (छोरा), १४ वर्षीय बेगबहादुर हायू (छोरा), ११ वर्षीय लक्की हायू (छोरा), १२ वर्षीय सुवर्ण हायू (छोरा), १० वर्षीया ओमकुमारी हायू (छोरी), वर्ष एकको अर्जुन हायू (नाति) र चार वर्षीया रियासा हायू (नातिनी) सहित १६ जना सम्पर्कविहीन भएका थिए ।
प्रतिकृया दिनुहोस