आज : Friday, August 01, 2025 | २०८२ श्रावण १६ शुक्रबार

विद्या भण्डारीले भनिन् :मेरो पार्टी सदस्यता कसैले खोस्न सक्दैन

समाज खबर संवाददाता |

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न आग्रह गरेकी छन् ।आज  पत्रकार सम्मेलन गरी भण्डारीले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको बताइन् । उनले पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट पार्टीको निर्णय थाहा भएको भन्दै यो निर्णयबाट आफू बिचलित नहुने बताइन् ।उनले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् । उनले भनिन्, ‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ ।’उनले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको बताइन् ।उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।

प्रतिकृया दिनुहोस