विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने एमालेको निर्णय
समाज खबर संवाददाता |

काठमाण्डौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय गरेको छ । दुइ दिन बसेर सकिएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली सर्वेसर्वा भएका छन् । केन्द्रीय कमिटिीको निर्णयमा नेताहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले नोट अफ डिसेन्ट लेखेका छन् । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।नवौँ केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, बैठकको निर्णय सुनाउँदै गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
प्रतिकृया दिनुहोस