आज साउने सोमवार, पशुपतिनाथमा दर्शनार्थीहरुको भीड
समाज खबर संवाददाता |

काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ । साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।साउने सोमवारको अबसरमा देशका बिभिन्न शिवालयहरुमा भक्तजनको भीड देखिन्छ ।
प्रतिकृया दिनुहोस