आज हरिशयनी एकादशी, बुढानिलकण्ठ लगायतका मन्दिरमा दर्शनार्थीको घुँइचो
समाज खबर संवाददाता |

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।
प्रतिकृया दिनुहोस