आज : Tuesday, July 15, 2025 | २०८२ असार ३१ मंगलबार

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

समाज खबर संवाददाता |

काठमाडौँ । मलेसियालाई हराउदै नेपाल एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको थियो । अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिबार खेल्ने छ ।

प्रतिकृया दिनुहोस