आज : Tuesday, July 15, 2025 | २०८२ असार ३१ मंगलबार

सिंगापुरलाई हराउँदै नेपालले जित्यो उपाधि

समाज खबर संवाददाता |

 काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज  भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।  नेपालको ब्याटिङ पनि धर्मराएको अबस्थामा २ बिकेटको जित निस्किएको हो । यस अघि सिङ्गापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको  थियो ।   टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर पाँच बलमा एक सय १३ रन बनाउँदा अलआउट भयो ।सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३, कप्तान रियान नाइकले १५, वेदनाश गुप्ताले अविजित १२ र आकाश तेजाले १० रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान तीन विकेट लिए । यस्तै शुभम खनालले तीन र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए । नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस