आज : Saturday, June 28, 2025 | २०८२ असार १४ शनिबार

नेपालकै पहिलो ग्वार्को फ्लाई ओभर आजदेखि सन्चालनमा आउँदै, प्रधानमन्त्रीले उद्घाटन गर्दै

समाज खबर संवाददाता |

काठमाण्डौ । नेपालमै पहिलो पटक निर्माण गरिएको ग्वार्को फ्लाई ओभरको आज उद्घाटन गरिदै छ  । फ्लाई ओभरको आज दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण सम्पन्न भएपछि आजै  फ्लाई ओभर संचालनमा आउने छ । उक्त फ्लाई ओभरको केहि दिन अघि प्रतिनिधि सभाको पुर्वाधार बिकास समितिका सदस्यहरुले अनुगमन  गरेका  थिए ।   फ्लाई ओभरले यस  क्षेत्रमा  एक एक घण्टा सम्म जाम हुने अबस्थाको अन्त्य  हुने बिश्वास लिइएको छ  । यस्ले  फ्लाई ओभर अरु ठाँऊका लागि पनि नमूना बन्न सक्ने बताइएको छ  । २०७८ फागुनमा २ बर्षभित्र सक्ने गरि ठेक्का लागेपनि पटक पटक समय थप हुँदै आएको थियो । यो फ्लाई ओभर आशिष समानान्तर रेलिगरे जेभीले निर्माण गरेको हो । 
 

प्रतिकृया दिनुहोस