आज : Saturday, June 28, 2025 | २०८२ असार १४ शनिबार

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रवार, संसदीय समितिले गर्यो अनुगमन 

समाज खबर संवाददाता |

 काठमाण्डौ । नेपालमै पहिलो पटक निर्माण गरिएको ग्वार्को फ्लाई ओभरको शुक्रवार उद्घाटन गरिने भएको छ । फ्लाई ओभरको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण सम्पन्न भएपछि शुक्रवारबाटै फ्लाई ओभर संचालनमा आउने छ । उक्त फ्लाई ओभरको आज प्रतिनिधि सभाको पुर्वाधार बिकास समितिका सदस्यहरुले अनुगमन  गरेका   छन्। सभापति दिपकबहादुर सिंह, सांसदहरु प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, माधव सापकोटा लगायतका सांसदहरुले आज फ्लाई ओभरको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा लतिलपुर क्षेत्र न २ का सांसद महर्जनले नेपालमै पहिलो पटक बनेको यस फ्लाई ओभरले यस  क्षेत्रमा  एक एक घण्टा सम्म जाम हुने अबस्थाको अन्त्य भएको जानकारी दिए । उनले यहाँको फ्लाई ओभर अरु ठाँऊका लागि पनि नमूना बन्न सक्ने पनि बताए । २०७८ फागुनमा २ बर्षभित्र सक्ने गरि ठेक्का लागेपनि पटक पटक समय थप हुँदै आएको थियो । यो फ्लाई ओभर आशिष समानान्तर रेलिगरे जेभीले निर्माण गरेको हो । 

May be an image of street and road

May be an image of 1 person, street, road and text

प्रतिकृया दिनुहोस