राजावादीले दिए एकताको सन्देश,आन्दोलन सशक्त बनाउने दृढता
समाज खबर संवाददाता |

काठमाण्डौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनबाट अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले राप्रपा नेपाल नामक पार्टी खोलेर अलग भएपछि उनीहरुले विरलै मात्रामा मन्च शेयर गरिरहेका थिए । दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन–थापा एकै मन्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राप्रपा नेपालले आयोजना गरेको सभामा पुगेका लिङदेनले हार्दिकतापूर्वक कमल थापालाई श्रदेय दाई भन्दै धन्यवाद दिएका थिए ।
सभालाई सम्बोधन गर्दे अध्यक्ष थापाले केहि समयका लागि भएपनि तितामिठा बिर्सिएर राजसंस्था पक्षधर एक हुनुपर्ने बताएका थिए । केहि समयदेखि राजावादी शक्ति निरन्तर आन्दोलनमा छन् । गत चैत १५ गते आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाई लगायतका नेता अझै प्रहरी हिरासतमा छन् ।
प्रतिकृया दिनुहोस