आज जनआन्दोलन दिवस मनाइँदै
समाज खबर संवाददाता |

काठमाण्डौं । आज चैत्र २६: जनआन्दोलन दिवस, प्रजातन्त्र पुनर्स्थापना दिवस। बहुदलीय प्रजातन्त्रका लागि भएको जनआन्दोलनले निरंकुश पञ्चायती प्रणालीलाई ढालेको दिन। नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकार पुनर्स्थापित गरिएको दिन। राजनीतिक पार्टीहरू खुला भएको दिन।प्रजातन्त्र पुनस्र्थापनाका लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनस्र्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।पन्चायती ब्यवस्था ढलेर देशमा गणतन्त्र स्थापना भएपनि नागरिकको अबस्था बदलिन नसकेको भन्दै दलहरुप्रति तीव्र आक्रोश देखिएको छ ।
प्रतिकृया दिनुहोस