आज : Saturday, April 12, 2025 | २०८१ चैत ३० शनिबार

भुकृटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले भोलि बल्खुमा सभा गर्ने 

समाज खबर संवाददाता |

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यहि चैत २६ गते काठमाण्डौंको भृकुटीमण्डपमा गर्ने भनेको कार्यक्रम गर्न प्रशासनले रोक लगाएपछि बल्खुमा कार्यक्रम हुने तय भएको छ ।   जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले सूचना जारी गरि शिक्षकआन्दोलन, राष्ट्रिय जनमोर्चाको आन्दोलन लगायतका कारण सो स्थानमा अनुमति दिन नसकिएको  भन्दै राप्रपालाई सिफल वा बल्खु चोकमा कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको थियो । बल्खु र सिफल मध्ये बल्खुमा राप्रपाले कार्यक्रम गर्न लागेको हो । 
 राप्रपाले अबस्था बदल्न ब्यवस्था बदलौं भन्दै राजसंस्था पुनस्थापनका लागि आन्दोलन गरिरहेको छ । राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको थियो ।
 

प्रतिकृया दिनुहोस