आज : Monday, April 07, 2025 | २०८१ चैत २५ सोमबार

सरकारलाई दबाब दिन सिटी बजाउँदै शिक्षकहरु सडकमा

समाज खबर संवाददाता |

काठमाडौं । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । केही दिन यता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माईतीघरमा सिठी जुलुस निकालेका हुन्   उनीहरुले काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । 

प्रतिकृया दिनुहोस