संसदमा ज्ञानेन्द्र शाहीको गर्जन :मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ?
समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता मुलुकलाई आवश्यक रहेको बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले १६ वर्षमा १४ वटा सरकार फेरिएर कयौँले मन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै अहिले संसद्मा भाषण गर्ने धेरैका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी गरे । जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता रहेकामा उनले जोड दिए ।‘मदन भण्डारीको हत्या कसले गरेको हो किन पत्ता नलगाएको ? भण्डारीका हत्यारा पत्ता लगाउँछु भन्ने नेता अहिले र पटकपटक प्रधानमन्त्री बन्नुभयो तर हत्यारा किन पत्ता लागेन ? । पैतृक सम्पत्तिमा लाभकर लिने यो कस्तो व्यवस्था हो ?’, सांसद शाहीले प्रश्न गरे ।
प्रतिकृया दिनुहोस