आज : Sunday, March 16, 2025 | २०८१ चैत २ आइतबार

राजावादीको प्रदर्शन जनताको असन्तुष्टि देखाएर धमिलो पानीमा माछा मार्ने काम :मोर्चा

समाज खबर संवाददाता |

काठमाडौँ । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको ठहर गरेको छ । समाजवादी मोर्चाले शनिबार देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चाले आफ्नो दृष्टिकोण सार्बजनिक गर्दै राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो ।साथै मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रकाविरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागि परेका बताएको छ । त्यस्तै मोर्चाले सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको बताएको छ ।

प्रतिकृया दिनुहोस