आज : Sunday, March 16, 2025 | २०८१ चैत २ आइतबार

कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

समाज खबर संवाददाता |

काठमाण्डौं । नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । कोषाध्यक्ष श्रेष्ठकि  माता ८९ वर्षीया लीलादेवी श्रेष्ठको हिजो काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। लीलादेवीको पार्थिव शरीरलाई आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । स्वर्गीय श्रेष्ठको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन । देउवाले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

प्रतिकृया दिनुहोस