आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

नास्ता खाँदै इटालियन गोलकिपर बुफोनसंग फुटवलबारे प्रधानमन्त्री ओलीको छलफल

समाज खबर संवाददाता |

काठमाडौं। इटालियन गोलकिपर जियान लुइगी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन आइतबार नेपाल आइपुगेका बुफोनले सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा इटाली र नेपालको सम्बन्धका साथै फुटबल खेलबारे विचार विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘नेपाल आउनु भएका जियान लुइगी बुफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । उहाँको नेपाल बसाइ सुखद् रहोस्,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको केपी ओली कपको आज फाइनल खेल हुँदैछ । बुफोन सोही कार्यक्रममा सहभागी हुनेछन् । फाइनलमा मच्छिन्द्र र नेपाल आर्मीबीच उपाधि भिडन्त हुनेछ ।

प्रतिकृया दिनुहोस