सरकारले कूटनीतिक रुपमा काम गरिरहेको छ : ओली
समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको बताएका छन् ।
घटना सार्वजनिक भएपछि सोमबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको जानकारी दिएका हुन् ।उनले भनेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जा मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’भारतको कलिंगा कलेजमा बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो । जुन विषयमा सत्य तथ्यको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई जबर्जस्ती निकालेको छ ।
प्रतिकृया दिनुहोस