आज : Thursday, February 13, 2025 | २०८१ फाल्गुण १ बिहीबार

काठमाडौंको शंखरापुरमा स्कुल बस दु्र्घटना, ३जना बिद्यार्थीको मृत्यु

समाज खबर संवाददाता |

काठमाडौँ । काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस बुधबार अपरान्ह शंखरापुर नगरपालिकाको कात्तिकेमा ब्रेक फेल भई दुर्घटना भएको हो ।दुर्घटनामा तीन जनाको मृत्यु भएको र ४० जना घाइते भएका प्रहरीले जनाएको छ । नगरकोट पिकनिक गएर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस