चितवन जिल्ला अदालतले पनि रविसंग माग्यो ५४ लाख धरौटी
समाज खबर संवाददाता |
![](https://samajkhabar.com/uploads/news/images/672935031Rabi-Lamichhane.jpeg)
चितवनं । चितवन जिल्ला अ दालतले पनि रास्वपा सभापति रवि लामछिानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहसपछि ५४ लाख धरौटीमा छाड्ने आदेश भएको हो । जिल्ला अदालतमा हिजो उपस्थित भएका लामिछानेलाई अदादलले हिजो चितवन प्रहरीको जिम्मा लगाएको थियो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।
प्रतिकृया दिनुहोस