सामाजिक सञ्जाल बिधेयकप्रति पत्रकार महासंघको आपत्ति ( बिज्ञप्ति सहित)
समाज खबर संवाददाता |
काठमाण्डौं । सरकारले सरोकारवाला पक्षसंग कुनै परामर्श नगरि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा आघात पार्ने केहि प्रावधान समावेश गरि सामाजिक सञ्जाल सम्बन्धी बिधेयक अघि बढाएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले आज बिज्ञप्ति जारी गरि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुने पनि कानुन स्वीकार्य नहुने प्रष्ट पारेका छन् । नागरिक समाज, बिभिन्न राजनीतिक दल, सरोकारवाला पक्षसंग सामान्य परामर्श समेत नगरि बिधेयक ल्याइएको भन्दै ब्यापक आलोचना भैरहेको छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ संसद सचिवालयमा दर्ता गराएको छ ।
प्रतिकृया दिनुहोस