आज : Friday, November 15, 2024 | २०८१ कार्तिक ३० शुक्रबार

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

समाज खबर संवाददाता |

विराटनगर।प्रधानमन्त्री केपीशर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । 
विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्रीओलीले हुँदै नभएका कतिपयविषयलाई अनावश्यक विवादको मुद्धाबनाउन नहुने पनि जोड दिए।
अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानन्त्रीओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफदिए । 
संविधान संशोधनका लागिआयोग गठनहुन्छभन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषयभएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए।
सरकारको निर्देशन बमोजिम नेपालविद्युत् प्राधिकरणले लाइनकाटिएकाउद्योगमालाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्रीओलीले भने, “नजोडिएको भए हेर्दै जाउँ । हामीउद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिकालागि आवश्यक कामगर्दै जानेछौँ ।”
धरानस्थितविपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्किएका थिए ।

प्रतिकृया दिनुहोस