मानव तस्करीको आरोप लागेका नेता अधिकारीलाई एमालेले गर्यो निलम्बन( बिज्ञप्ति सहित)
समाज खबर संवाददाता |
विराटनगर । नेकपा एमालेले जापान भ्रमण विवादमा परेपछि राजीनामा दिएका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको छ ।शनिबार बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी दिए ।उनले अधिकारीले पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।
प्रतिकृया दिनुहोस