आज : Thursday, November 14, 2024 | २०८१ कार्तिक २९ बिहीबार

नारायणगढ - मुग्लिन सडक खण्डको सत्र किलोमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

समाज खबर संवाददाता |

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको सत्र किलोमा आज बिहान सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हायस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए ।माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।दुर्घटनामा परी ६ जना घाइते भएका छन्। 

प्रतिकृया दिनुहोस