आज : Sunday, July 06, 2025 | २०८२ असार २२ आइतबार

प्राधिकरणले मध्यरातमा काट्यो दर्जनौ उद्योगको लाइन 

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काको आग्रह बिपरित नेपाल बिद्युत प्राधिकरणले फेरि उद्योगहरूको लाइन काट्न थालेको छ ।

बिहीबार राति  दर्जन बढी उद्योगहरूको लाइन काटिएको छ । हुलास स्टिल, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  बाबा जुट मिललगायतको मिलको लाइन काटिएको बताइएको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीहरूसँग कुरा नमिलेपछि विद्युत् प्राधिकरणले लाइन काट्न थालेको हो ।बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठक अनिर्णीत बनेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूसँग छलफल गरेका थिए ।छलफलमा घिसिङले आफ्नो पुरानो कुरा दोहोराउँदै  उद्योगीहरूलाई बक्यौता तिर्न आग्रह गरेका थिए । छलफलमा उद्योगीले भने पुरानै कुरा दोहोराउँदै बिजुली खपतको प्रमाण दिन भनेका थिए । लाइन नकाट्ने भए मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने घिसिङले बताएका थिए । 

प्रतिकृया दिनुहोस