आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

 घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

समाज खबर संवाददाता |

काठमाडौं । सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ। शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो । बैठकले दुईतीनदिन लगातार  परिरहेको भारी बर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको  छ । सरकारले ज्यानगुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 
साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौं ।  भारी बर्षामा परेका परीक्षाहरु समेत स्थगित गरिएका छन् । यस्तै घाइतेहरु  निशुल्क उपचार त गर्ने गरेका छौं तरसबै घाइतेहरुको निशुल्कउपचार गर्ने निर्णय गरेका छौं ।  तत्काल अविलम्ब अवरुद्धभएका सडकहरु खोल्ने निर्णय समेत गरेका छौं ।’
साथै तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहलथाल्ने समेत निर्णय भएको छ । विद्युत, खानेपानी टेलिफोन लगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए। मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस