आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

उपत्यकाका तीन जिल्लामा बाढीबाट २३ जनाको मृत्यु, ३ बेपत्ता

समाज खबर संवाददाता |


काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ । 
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र  भक्तपुरमा गरेर २३ जनाको  मृत्यु भएको हो । 
घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए । तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र  सशस्त्रको टोली उद्दारमा खटिएको  छ । साथै  काठमाडौं महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको  छ । 
 

प्रतिकृया दिनुहोस