आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

कोसी सहित १३ नदीले पार गर्यो सतर्कता तह 

समाज खबर संवाददाता |

काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तहपार गरेको छ । 
जलतथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, कोसी लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कतातहपार गरेको भन्दै चेतावनी जारी गरेको छ । 
विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 
त्यस्तै कन्काई नदीको मैनाचुली र कमलानदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ। 
बाढीले खतरा तहपार गरिसकेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ । 

प्रतिकृया दिनुहोस