आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

समाज खबर संवाददाता |


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य भने मंगलबार घटेको छ । 
सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कोरोवार भैइरहेको छ ।
 

प्रतिकृया दिनुहोस