आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

सहकारी छानबिन प्रतिवेदन कार्यान्यन शुरु : ग्यालेक्सीका पूर्व सञ्चालक जोशी पक्राउ

समाज खबर संवाददाता |


काठमाडौं ।गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।आइतबार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयन कालागिप्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक्ता (सहसचिव) ऋषिरामतिवारीले जानकारी दिए । मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझावकार्यान्वयनमा लैजान गृहमन्त्री रमेश लेखकले मन्त्रालयका उच्चअधिकारी र प्रहरी प्रमुख वसन्तकुँवरलाई निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशन लगत्तै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक एव पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेका छन् ।छानबिन समितिले उनी सहित पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि छानबिन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस