आज : Friday, November 15, 2024 | २०८१ कार्तिक ३० शुक्रबार

राष्ट्रिय खेलाडीहरुको अब गंगालालमा निःशुल्क उपचार

समाज खबर संवाददाता |


काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटु सहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौताआज गरिएको हो । 
गत साउन २७गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले देशकालागि खेल्ने खेलाडिहरुको स्वास्थ्य परीक्षणका लागिमन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।त्रिपक्षीय सम्झौताकालागि मन्त्रीपौडेलले सकृयता लिएका थिए ।
स्वास्थ्यतथा जनसंख्यामन्त्री पौडेल र युवातथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवातथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडिको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।सम्झौताअनुसार यसकालागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ । हालकेन्द्रकै तर्फबाट निस्शुल्क परीक्षण भएपनिआगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्यतथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।
घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशकातर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७  खेलाडि लाभान्वित हुने छन् ।
कार्यक्रमको प्यारा ओलम्पिकमाकास्यपदकविजेतापलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको हो ।

प्रतिकृया दिनुहोस