आज : Tuesday, July 15, 2025 | २०८२ असार ३१ मंगलबार

पाँचहजार नाघे डेंगु संक्रमित, गण्डकी प्रदेशमा धेरै 

समाज खबर संवाददाता |


काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँचहजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेकका७५ जिल्लामा फैलिएको छ । तीनजनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखाप्रमुख डा.गोकर्ण प्रसाद दाहालले जानकारी दिए। डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। म्हाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ। कोशीप्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा७६ र सुदूरपश्चिमप्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि डा. दाहालले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस