अर्याललाई मुख्यसचिवको जिम्मेवारी
समाज खबर संवाददाता |
काठमाडौँ । सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । मुख्यसचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले अर्याललाई नयाँ मुख्य सचिव बनाउने निर्णय गरेको हो ।यस अघि तत्कालिन गृहमन्त्री रवि लामिछानेले अर्याललाई गृहमन्त्रालयमा ल्याएका थिए । उनी निजामति सेवामा कुशल प्रशासक मानिन्छन् ।
प्रतिकृया दिनुहोस